Monday, December 31, 2012

साझँ नपर्दै मेरा यारहरु जम्मा हुन्छन्
भट्टीमा अनेक बिचारहरु जम्मा हुन्छन्

आफै घर जलाऊ र पत्ता लगाऊ
खरानी हुन्छन् कि अंगारहरु जम्मा हुन्छन्

त्यो चैं रत्त्नपार्क त्यो चैं  टुंडीखेल हो
यहाँ केबल बेरोजगारहरु जम्मा हुन्छन्

चाडवाडमा टीका लगाउन भन्दा पनि
दक्षिणाका लागि निधारहरु जम्मा हुन्छन्

हातले , हँसियाले , कुटाले , कोदालाले
जति ओखले पनि झारहरु जम्मा हुन्छन्

-  babu tripathi

Sunday, December 30, 2012

उसले अचानुमा शिर राखिदियो
अनि तराजुमा शरीर राखिदियो

बनाउनेले कस्तो अजीव बनायो
मुटु राखिदियो पीर राखिदियो

हेरौं क-कसले के-के पाउँछन्
गरिबको बस्तीमा मन्दिर राखिदियो

कहीले पुगौंला म गन्तव्यमा
मेरो बाटोभरि भीर राखिदियो

जाउ बचाउ अब त्यो चेहेरलाई
आगोको माथि तस्बिर राखिदियो

पत्थरमा ठोकुं या पत्थरले ठोकुं
अन्जानको तकदिर स्थिर राखिदियो

   - कपिल 'अन्जान '

Friday, December 28, 2012

यो बगरमा लहलह धान बनाउँछु ।।
म मेरो छोरालाई किसान बनाउँछु ।।

अन्यायको विरुद्ध तिमी मसाल उठाउ
बरु म आफ्नो छाती चट्टान बनाउँछु ।।

तिमी हतियार लिएर आउ र पनि हार्नेछौ
आज म आफ्नो हतियार मुस्कान बनाउँछु ।।

तिमी सपनामा आएर हैरान पर्छौ
तिम्रो जिवनमा आएर हैरान बनाउँछु ।।


- अमला अधिकारी

Saturday, October 13, 2012

सोधिन् भने दुर,सर्यो भनि दिनु ल|
नफर्कीने प्रण,गर्यो भनि दिनु ल|

जाने बेला तिम्रो,धेरै प्रशंसाहरु....
गाँउ भरी उस्ले,छर्यो भनी दिनु ल|

मेरो बारे उस्लाई,बहाना बनाएर...
बाध्यताको कसीमा,पर्यो भनि दिनु ल|

हार मात्र खाएर,आजीत् भए पछि....
माथिबाट तल,झर्यो भनि दिनु ल|

यहाँबाट अनकट्टार,ठाउँमा जाँदा...
सयौँ नदि उस्ले,तर्यो भनि दिनु ल|

रुपेश"अनमोल"फत्र

Friday, September 21, 2012

रगतको नहरमा छोडेर गयौ..!!
यो अन्जान शहरमा छोडेर गयौ..!!

हजारौँ पटक म मरेर बाँचि छु..
अनौठो प्रहरमा छोडेर गयौ..!!

तिम्रो त्यो हातले शिउदो सजाउने..
..रहरै रहरमा छोडेर गयौ..!!

पियुषको प्याला पिलाई धोकेवाज..
मिलाई जहरमा छोडेर गयौ..!!

यथार्त कहानी तितो त्यो अतित..
गजलको बहरमा छोडेर गयौ..!!

म बाँच्छु कसरी तिमी बिन एक पल्..
मुर्दाको लहरमा छोडेर गयौ..!!

लक्ष्मण 'मिलन' विष्ट

Thursday, September 20, 2012

भगवान तैँले मलाई रमिता बनाइस्
चिन्तामा थिएँ तैँले त चिता बनाइस्

टन्न अघाइस तेरो भोक मेटाएपछि
आखिरमा मलाई जुठो सिता बनाइस्

कुरुक्षेत्रमा महाभारत तेर्रै रचना थियो
पाप लुकाउन फेरी गिता बनाइस्

रित्तो वर्तमान अनिश्चित भविष्य मेरो
बिगतका केही पल पनि तीता बनाइस्

जब पैसामा सारा शक्ति दिनुथियो भने
किन बिचरा कवि र कविता बनाइस्

                -  सुरज मुस्कान


            बुटवल १३, रुपन्देही

Monday, September 17, 2012

ताकतको कुरा छोड म बतास रोकिदिन्छु!
महकिने फुलको त्यो म सुवास रोकिदिन्छु!!

ईमान र जमानको हुनेछन पूजा सँधै,
फूल लूट्ने भवराको म साहास रोकिदिन्छु!!

तिमि मेरो एकपटक आएर त हेर साथ,
तिम्रो पिडा बेचयनको म आभाष रोकिदिन्छु!!

नपूज त्यो ढुङ्गालाई देवता भनि तिमि अब,
सोँच मात्र फेर तिमि म सर्बनाश रोकिदिन्छु!!

रुप तिम्रो देखेर नै लजाउने अप्सराले,
डाह गर्दै चिच्याउने म आकाश रोकिदिन्छु!!

दीप् मिलन
रुद्रपुर-२ रुपन्देहि

Saturday, September 15, 2012

काम चलाउ मुटु छ, जसोतसो बाँचीन्छ
नीयती चुटी रह्यो, तै पनि हाँसीन्छ

जुनको सपना देख्दीन म, हैसीयत मेरो छैन
टेक्नु पर्ने धर्ती मै हो, केहि छैन भासीन्छ

फूल हो जीन्दगानी, पानी हुरि छल्न पर्छ
नयाँ डाली पलाउछ नै, के भो हाँगा लाछीन्छ

आशै मा त अडेको छ मान्छे का रहरहरु
सबै पुरा नभएनी, सपना हजार साँचीन्छ

कुनै रुख चिनीन्छन, आफ्नै फलको भरमा
अजम्बरि को नै छ र, कुनै दिन त नासिन्छ

-Maankura
काम चलाउ मुटु छ, जसोतसो बाँचीन्छ
नीयती चुटी रह्यो, तै पनि हाँसीन्छ

जुनको सपना देख्दीन म, हैसीयत मेरो छैन
टेक्नु पर्ने धर्ती मै हो, केहि छैन भासीन्छ

फूल हो जीन्दगानी, पानी हुरि छल्न पर्छ
नयाँ डाली पलाउछ नै, के भो हाँगा लाछीन्छ

आशै मा त अडेको छ मान्छे का रहरहरु
सबै पुरा नभएनी, सपना हजार साँचीन्छ

कुनै रुख चिनीन्छन, आफ्नै फलको भरमा
अजम्बरि को नै छ र, कुनै दिन त नासिन्छ

-Maankura

Wednesday, September 12, 2012

हिजो आज म एकोहोरो, प्यारमा छु
उनलाई भनुं कि नभनुं, दोधारमा छु

कुरा खोल्नु पर्ने,आइ लव यु बोल्नु पर्ने
वार गरूँ कि पार गरूँ म, किनारमा छु

आतुर'छु प्रस्ताव गर्न,मायाजालमा पर्न
प्रेमपत्र लेख्दै मेट्छु यस्तै,केरकारमा छु

जे पर्र्ला आज त,भेटेरै भन्छु मन्को कुरा
उन्को पनि मन्को कुरा सुन्ने,बिचारमा छु

स्वीकारे नि ठिकै छ, नकारेनी ठिकै छ
आज पक्कै भन्छु त्यसैले, हतारमा छु

  - रोहित राना
बुटवल-रुपन्देही

Monday, September 10, 2012

बादल बनीदिउँला म रिमिझिमे झरी बन्नु
फूल बनीदिउँला म तिमी फूलमन्जरी बन्नु

जवानीले सिंगार्दैछ तिम्रो रुप र रङ्ग
स्वर्ग बनीदिउँला म अप्सराकी परी बन्नु

डोलो हात मेहेन्दीले अनि आँखा गाजलुले
रंगरोपन गरीदिउँला म परम् सुन्दरी बन्नु

नहोस् कोही नबौलाउने तिम्रो एकै झलकमा
भिन्सी बानीदिउँला म मोनालिसा सारी बन्नु 
देखेर  यो जोडी ईश्वर छक हुनेछ
मेरो हर सासमा तिम्रै हक हुनेछ

तिम्रो पाउमा ठेश कतै लाग्न दिने छैन
मेरो छाती तिमी हिंड्ने सडक हुनेछ

तिम्रो आँखादेखि  आँशु दूर गर्न सकूँ
त्यही मेरो प्रेमको पहिलो जग हुनेछ

तिमीसंग छुट्टिएर यदि बाँच्नुपर्छ भने

"ए.पी " यो दुनियाँ बाटै अलग हुनेछ

             -"ए .पी " सुमन 

Sunday, September 9, 2012

 अलि अलि भन्दाभन्दै नशासंगै गल्दै  छु म
आफैलाई  अफैसंग  लुकाएर  छल्दै  छु  म

कहिले छाती चिथोर्छु, कहिले रुन्छु त्यसै त्यसै
पलपल  मारीदियौ  बेहोशी  भई  ढल्दै  छु  म

हेर्दा  हेर्दै  ओझेल पारेऊ  सपनी यी  आँखाबाट
फेरी तिम्रै  सम्झनामा  हरपल जल्दै  छु म

हेरी मात्र रहेऊ अझै पागल मनको तमासा यो
समयले  निमोठ्दैछ जसो तसो  चल्दै छु म

Wednesday, September 5, 2012

कहाँ    गई   कसो   गरि   पोखुँ   म    सानु
 मनको बह आखाँको आशु छातीको भक्कानु

जति  हेर्यो  त्यति  मन  फुटेर  आउँछ 
चाहिएन भो तिम्रो चिनो तस्बिर लैजानु 

खुशी त हरेऊ हरेऊ बाँकी आँशु पनि 
झर्दझर्दै रित्तिगयो आँखा भो ओभानु 

धर्ति बाटै आकाशको तारा टिप्न खोज्नु 
सायद गल्ती मेरै हो तिमीलाई चाहानु 






Sunday, September 2, 2012

बिना फूलको हाँगा भाँचेको के अर्थ
बिना तिम्रो साथ बाँचेको के अर्थ

अनायासै सजाएका अनगिन्ती सपनाहरु
क्षणभरमै भत्किगए साँचेको के अर्थ

विवशताले छाती छेड्दा घाउ  बन्यो
मलमपट्टी नपाएसी जाँचेको के अर्थ

शुन्यताले भरिपुर्ण निर्जन त्यो बनमा
एक्लै एउटा मयुर चरी नाँचेको के अर्थ

  

Thursday, August 30, 2012

तिमीलाई चाहें मेरो गल्ती के
मन पराएँ मेरो गल्ती के

एउटा गुलाफ तिम्रै नाउँमा
मन्दिरमा चढाएँ मेरो गल्ती के

तिमि मात्र तिमि भनि आएँ
मुटुमै सजाएँ मेरो गल्ती के

कति बेहोशी भएछु म त
तिमि मै हराएँ मेरो गल्ती के 
तिम्रो मेरो मिलनदेखि ईर्ष्या रैछ सारालाई
आखिर जून पाएपछि झराल्यौ नि तारालाई

बुझ्न मैले सकिन बनाओटी मायाको  खेल
के भनेर बुझुं तिम्रो धोका दिने पारालाई

थकित हुदाँ पायौ मलाई मनको तिर्खा मेट्यौ पनि
 अनि अन्तै नजर मोड्यौ बिर्सियौ नि धारालाई

जिन्दगीमा मेरो भागमा सुख कहिल्यै नपरेसी
भाग्य अन्तै देखेपछी छाड्यौ कर्महारालाई 

Tuesday, August 28, 2012

यसरी  मलाई मारेउ नि दैब
मर्नु न बच्नु पारेउ नि दैब 

प्रेमको फुल हासेरै फुलेथ्यो 
झटारो हानी झारेउ  नि दैब 

बिरुवा त सानोमा रोप्छन् 
बोटै उक्काई सारेउ नि दैब 

मेरो प्रेम तिम्रै खेल थियो 
आफ्नै खेलमा हारेउ नि दैब 

प्रेम देउ भनि हात फैल्याएथें 
दिन्छु भनि भनि टारेउ नि दैब 

     - प्रकाश भुसाल "अन्जान " 

Monday, August 27, 2012

म ढाटदिन तिमी बाट तर्किएर पर सरे
आफ्नै  मुटु भित्र पीडा छर्किएर पर सरे

लहरो तान्यौ  तिमीले पहरो आफै थर्कियो
तिम्रै आखा अगाडि म लर्किएर पर सरे

भावना त केवल कोरा कागजमा सीमित भए
यथार्थमा बुझेनौ मलाई झर्किएर पर सरे

रहर र चाहना त मेरा पनि थिए होलान्
कच्चा धागो बनायौ प्रेम सर्किएर पर सरे

तिम्रो मातमा  केवल सारथी  न  बने  म
पियौ सराब फ्याक्यौ प्याला चर्किएर पर सरे

Saturday, August 25, 2012

मुटु दिए तिमीलाई जलाएर फाली  दियौ
सम्बोधन  त्यो हिर्दयको नकारेर गाली  दियौ

नदी किनार बालुवामा घिस्रिएथे एक्लै
पाउ भरि काडा बिझ्यो दुई हातको ताली दियौ

हिर्दयमा तिमीलाई खास बनाई सजाएथे
त्यही निशानलाई आफैले बारबार पखाली दियौ

उडी जुन छुन्छु भन्दै सिढी माथि उक्लेकोथे
 हावाको पो आड रैछ सिधै तल खसाली दियौ

                           - विवेक मल्ल  'ठकुरी'


Friday, August 24, 2012

भमराले साइनो जोर्ला होस गर्नु है
लाली जोभान फूलले चोर्ला होस गर्नु है

आकाशमा जून हेर तिमीलाई हेर्दै छ
इन्द्रेणीले रङ्ग भोर्ला होस गर्नु है

 त्यो रुपको बयान क्यानभासमा उतारेर
चित्रकारले तस्विर कोर्ला होस गर्नु है

चन्चल त्यो  जवानीको सिको गर्ला नदी
उर्लिएर  पहाड फोर्ला होस गर्नु है

Wednesday, August 22, 2012

एकैपल म विनाको जीन्दगी त्यो बाची हेर
माया मेरो कति लाग्ला सम्झनामा साची हेर

सम्भव जस्तो लाग्छ भने म विनाको जीन्दगी नि
ढुंगाको मन होइन मेरो कमलै  छ भाची हेर

एक्लै हुदा तिमि अनि नयन त्यो रसाउदा
याद मेरो कति आउला ढुकढुकीमा जाची हेर

महसुस हुदा एकदिन तिमीलाई मेरो अभावको
तिम्रै समीप आउने छु म टुक्रेको मन गासी हेर


Tuesday, August 21, 2012

कहिलेकाहिँ ढिलो हुदा दोबाटोमा पर्खिनु है
कुर्दाकुर्दै पट्यार लागे नरिसाई फर्किनु है

ब्यस्तताले संयोगबस फोन नउठ्ला
बिर्सयाछैन याद आउछ बेस्सरी नझार्किनु है

तिम्रो प्रस्ताब स्वीकारेर गोदावरी आईन  भने
देख्दादेख्दै बीचबाटोमा लरक्क नतर्किनु है

पाखुरी हौ तिमि मेरो बिशाल लक्ष्य बोक्न सक्छौ
हिमाल ढाल्ने कोसिस गर्छु कमजोरभै नमर्किनु  है

समयको बेगले हामी टाढा हुदा पनि
कस्तुरीको बासनाझैँ माया सधै छर्किनु है


       - रा ... ति...   

Sunday, August 19, 2012

उनमै  छ केहि खास भन्दैछ
बाकी सब बकवास भन्दैछ 

 जुन र तारा  फिक्का  लाग्छन् 
हेरेर उनलाई आकाश भन्दैछ 

एकै स्पर्शमा सुशोभित भएछु 
छोएर उनलाई बताश भन्दैछ 

उनकै चित्र कोर्न मन छ 
मेरो दिलको क्यानभास भन्दैछ 


दोबाटोमा कुरी बसे, तर्किएर गयौ तिमी 
बाटो छेके लागेन केहि, फर्किएर गयौ तिमि 

हिजो सम्म मुटुमा थिए, आज भुइमा पछारेर 
आलो घाउमा नुनचुक , छर्किएर गयौ तिमि 

तिम्रै लागि छाती फोर्न, नसक्नु नै गल्ति मेरो
तेसैले त बिना कारण , झर्किएर गयौ तिमि 

केवल काचको सिसामा नै, अडीएछ नाता हाम्रो 
समाल्न नै सकिनछु , चर्किएर गयौ तिमि