म ढाटदिन तिमी बाट तर्किएर पर सरे
आफ्नै मुटु भित्र पीडा छर्किएर पर सरे
लहरो तान्यौ तिमीले पहरो आफै थर्कियो
तिम्रै आखा अगाडि म लर्किएर पर सरे
भावना त केवल कोरा कागजमा सीमित भए
यथार्थमा बुझेनौ मलाई झर्किएर पर सरे
रहर र चाहना त मेरा पनि थिए होलान्
कच्चा धागो बनायौ प्रेम सर्किएर पर सरे
तिम्रो मातमा केवल सारथी न बने म
पियौ सराब फ्याक्यौ प्याला चर्किएर पर सरे
आफ्नै मुटु भित्र पीडा छर्किएर पर सरे
लहरो तान्यौ तिमीले पहरो आफै थर्कियो
तिम्रै आखा अगाडि म लर्किएर पर सरे
भावना त केवल कोरा कागजमा सीमित भए
यथार्थमा बुझेनौ मलाई झर्किएर पर सरे
रहर र चाहना त मेरा पनि थिए होलान्
कच्चा धागो बनायौ प्रेम सर्किएर पर सरे
तिम्रो मातमा केवल सारथी न बने म
पियौ सराब फ्याक्यौ प्याला चर्किएर पर सरे
No comments:
Post a Comment