कहिलेकाहिँ ढिलो हुदा दोबाटोमा पर्खिनु है
कुर्दाकुर्दै पट्यार लागे नरिसाई फर्किनु है
ब्यस्तताले संयोगबस फोन नउठ्ला
बिर्सयाछैन याद आउछ बेस्सरी नझार्किनु है
तिम्रो प्रस्ताब स्वीकारेर गोदावरी आईन भने
देख्दादेख्दै बीचबाटोमा लरक्क नतर्किनु है
पाखुरी हौ तिमि मेरो बिशाल लक्ष्य बोक्न सक्छौ
हिमाल ढाल्ने कोसिस गर्छु कमजोरभै नमर्किनु है
समयको बेगले हामी टाढा हुदा पनि
कस्तुरीको बासनाझैँ माया सधै छर्किनु है
- रा ... ति...

No comments:
Post a Comment