Monday, December 31, 2012

साझँ नपर्दै मेरा यारहरु जम्मा हुन्छन्
भट्टीमा अनेक बिचारहरु जम्मा हुन्छन्

आफै घर जलाऊ र पत्ता लगाऊ
खरानी हुन्छन् कि अंगारहरु जम्मा हुन्छन्

त्यो चैं रत्त्नपार्क त्यो चैं  टुंडीखेल हो
यहाँ केबल बेरोजगारहरु जम्मा हुन्छन्

चाडवाडमा टीका लगाउन भन्दा पनि
दक्षिणाका लागि निधारहरु जम्मा हुन्छन्

हातले , हँसियाले , कुटाले , कोदालाले
जति ओखले पनि झारहरु जम्मा हुन्छन्

-  babu tripathi

Sunday, December 30, 2012

उसले अचानुमा शिर राखिदियो
अनि तराजुमा शरीर राखिदियो

बनाउनेले कस्तो अजीव बनायो
मुटु राखिदियो पीर राखिदियो

हेरौं क-कसले के-के पाउँछन्
गरिबको बस्तीमा मन्दिर राखिदियो

कहीले पुगौंला म गन्तव्यमा
मेरो बाटोभरि भीर राखिदियो

जाउ बचाउ अब त्यो चेहेरलाई
आगोको माथि तस्बिर राखिदियो

पत्थरमा ठोकुं या पत्थरले ठोकुं
अन्जानको तकदिर स्थिर राखिदियो

   - कपिल 'अन्जान '

Friday, December 28, 2012

यो बगरमा लहलह धान बनाउँछु ।।
म मेरो छोरालाई किसान बनाउँछु ।।

अन्यायको विरुद्ध तिमी मसाल उठाउ
बरु म आफ्नो छाती चट्टान बनाउँछु ।।

तिमी हतियार लिएर आउ र पनि हार्नेछौ
आज म आफ्नो हतियार मुस्कान बनाउँछु ।।

तिमी सपनामा आएर हैरान पर्छौ
तिम्रो जिवनमा आएर हैरान बनाउँछु ।।


- अमला अधिकारी

Saturday, October 13, 2012

सोधिन् भने दुर,सर्यो भनि दिनु ल|
नफर्कीने प्रण,गर्यो भनि दिनु ल|

जाने बेला तिम्रो,धेरै प्रशंसाहरु....
गाँउ भरी उस्ले,छर्यो भनी दिनु ल|

मेरो बारे उस्लाई,बहाना बनाएर...
बाध्यताको कसीमा,पर्यो भनि दिनु ल|

हार मात्र खाएर,आजीत् भए पछि....
माथिबाट तल,झर्यो भनि दिनु ल|

यहाँबाट अनकट्टार,ठाउँमा जाँदा...
सयौँ नदि उस्ले,तर्यो भनि दिनु ल|

रुपेश"अनमोल"फत्र

Friday, September 21, 2012

रगतको नहरमा छोडेर गयौ..!!
यो अन्जान शहरमा छोडेर गयौ..!!

हजारौँ पटक म मरेर बाँचि छु..
अनौठो प्रहरमा छोडेर गयौ..!!

तिम्रो त्यो हातले शिउदो सजाउने..
..रहरै रहरमा छोडेर गयौ..!!

पियुषको प्याला पिलाई धोकेवाज..
मिलाई जहरमा छोडेर गयौ..!!

यथार्त कहानी तितो त्यो अतित..
गजलको बहरमा छोडेर गयौ..!!

म बाँच्छु कसरी तिमी बिन एक पल्..
मुर्दाको लहरमा छोडेर गयौ..!!

लक्ष्मण 'मिलन' विष्ट

Thursday, September 20, 2012

भगवान तैँले मलाई रमिता बनाइस्
चिन्तामा थिएँ तैँले त चिता बनाइस्

टन्न अघाइस तेरो भोक मेटाएपछि
आखिरमा मलाई जुठो सिता बनाइस्

कुरुक्षेत्रमा महाभारत तेर्रै रचना थियो
पाप लुकाउन फेरी गिता बनाइस्

रित्तो वर्तमान अनिश्चित भविष्य मेरो
बिगतका केही पल पनि तीता बनाइस्

जब पैसामा सारा शक्ति दिनुथियो भने
किन बिचरा कवि र कविता बनाइस्

                -  सुरज मुस्कान


            बुटवल १३, रुपन्देही

Monday, September 17, 2012

ताकतको कुरा छोड म बतास रोकिदिन्छु!
महकिने फुलको त्यो म सुवास रोकिदिन्छु!!

ईमान र जमानको हुनेछन पूजा सँधै,
फूल लूट्ने भवराको म साहास रोकिदिन्छु!!

तिमि मेरो एकपटक आएर त हेर साथ,
तिम्रो पिडा बेचयनको म आभाष रोकिदिन्छु!!

नपूज त्यो ढुङ्गालाई देवता भनि तिमि अब,
सोँच मात्र फेर तिमि म सर्बनाश रोकिदिन्छु!!

रुप तिम्रो देखेर नै लजाउने अप्सराले,
डाह गर्दै चिच्याउने म आकाश रोकिदिन्छु!!

दीप् मिलन
रुद्रपुर-२ रुपन्देहि