Monday, December 31, 2012

साझँ नपर्दै मेरा यारहरु जम्मा हुन्छन्
भट्टीमा अनेक बिचारहरु जम्मा हुन्छन्

आफै घर जलाऊ र पत्ता लगाऊ
खरानी हुन्छन् कि अंगारहरु जम्मा हुन्छन्

त्यो चैं रत्त्नपार्क त्यो चैं  टुंडीखेल हो
यहाँ केबल बेरोजगारहरु जम्मा हुन्छन्

चाडवाडमा टीका लगाउन भन्दा पनि
दक्षिणाका लागि निधारहरु जम्मा हुन्छन्

हातले , हँसियाले , कुटाले , कोदालाले
जति ओखले पनि झारहरु जम्मा हुन्छन्

-  babu tripathi

No comments:

Post a Comment